महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा घोषणापत्र सार्वजनिक गरिएको हो।
घोषणापत्रमा सबै महिलालाई निःशुल्क शिक्षा हासिल गर्नुपर्ने व्यवस्था गर्ने, सार्वजनिक सवारीसाधन निःशुल्क गर्ने, गरिबका लागि स्वास्थ्य उपचार निःशुल्क हुने व्यवस्था गर्नेलगायतका विषय उल्लेख गरिएको छ।