१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १२:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गभर्नर अधिकारीको मुद्दामा अन्तरिम आदेशबारे सुनुवाइ जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १२:o१:oo

सर्वोच्च अदालतमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दामाथि सुनुवाइ सुरु भएकाे छ। सर्वोच्चका अनुसार बिहीबार हेर्दाहेर्दैमा राखिएको मुद्दा  न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासमा सुनुवाइ सुरु भएको हो।

इजलासमा गभर्नर अधिकारीको निलम्बनबारे अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल सुरु भएको हो। न्यायाधीश हरिप्रसाद फुँयालको इजलासले गत मंगलबार सरकारको निर्णय कार्यान्वयन नगर्न–नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

सरकारले छानबिन समिति गठन गरेपछि स्वतः निलम्बनमा परेका गभर्नर अधिकारी सर्वोच्चको आदेशसँगै पुनः काममा फर्किएका छन्। २४ चैतमा सरकारले आफूमाथि छानबिन गर्ने निर्णय गरेपछि निलम्बनमा परेका अधिकारीले सरकारको निर्णयविरुद्ध रिट दायर गरेका थिए। रिटमाथि भएको आदेशमा दुवै पक्षलाई अन्तरिम आदेश सम्बन्धमा छलफलका लागि बोलाउने आदेश भएको थियो।

अधिकारीले रिटमार्फत आफूलाई निलम्बन गर्ने निर्णय गैरकानुनी हुनुका साथै बदनियतपूर्ण र पूर्वाग्रही रहेको दाबी गरेका छन्। निलम्बनको निर्णय भएपछि मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा उक्त कुरा नखुलाएको र वेबसाइटमा पनि नराखिएकाले बदनियत देखिएको उनको जिकिर छ।

ad
ad