१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १५ बिहीबार
  • Tuesday, 08 July, 2025
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख १५ बिहीबार १२:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागी उम्मेदवारी फिर्ता लिन सभापति देउवाको अपिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख १५ बिहीबार १२:११:oo

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बागी उम्मेदवारी फिर्ता लिन नेता–कार्यकर्तालाई आग्रह गरेका छन्। बिहीबार एक अपिल जारी गर्दै सभापति देउवाले गठबन्धनको सहमतिविपरीत दिएका उम्मेदवारी फिर्ता लिन र गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल गरेका हुन्।

अपिलमा भनिएको छ, ‘पार्टीको विजयका लागि साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी भन्ने उच्चतम भावना राख्न र नेपाली कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्तागठबन्धनका दलहरूसँग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु।’

आसन्न स्थानीय तह निर्वाचनमा सत्तागठबन्धनमा भएको सहमतिविपरीत विभिन्न स्थानमा पार्टीका तर्फबाट बागी उम्मेदवारी परेपछि सभापति देउवाले बागी उम्मेदवारी फिर्ता लिन अपिल गरेका हुन्।