भीमदत्त नगरपालिका : ९७ पदका लागि साढे चार सयको उम्मेदवारी

मंगलबार, १३ बैशाख, २०७९
डिजिटल संस्करण

कञ्चनपुरको भीमदत्त नगरपालिकामा ९७ पदका लागि झन्डै साढे चार सयले उम्मेदवारी दर्ता गराएका छन् । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि दुई दिन गरेर चार सय ४६ जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

भीमदत्त नगरमा कांग्रेस, एमाले, माओवादी, समाजवादी, राप्रपा, विवेकशील स्वतन्त्रसहितका नेता–कार्यकर्ताले वडासदस्य, वडाध्यक्ष, उपप्रमुख, प्रमुखसहितका पदमा उम्मेदवारी दिएका छन् ।
 

सुझावित समाचार