१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका ताप्लेजुङ
२o८१ बैशाख २० बिहीबार o९:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

ओलाङचुङगोलामा वडाध्यक्ष छेतेनसहित सबै सदस्य निर्विरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ताप्लेजुङ
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:१९:oo

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोलामा वडाध्यक्षमा छेतेन वालुङसहित वडासदस्य निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारी दर्ता गर्दा अन्य प्रतिस्पर्धी नपरेसँगै वडाध्यक्षसहित सबै सदस्य निर्विरोध निर्वाचित भएको जनाइएको छ । 

गत साता नै ओलाङचुङगोलाका समुदायले सर्वसम्मतमा फक्ताङलुङ गाउँपालिका– ७ को वडाध्यक्षमा चयन गरेको थियो । वालुङ एमालेको तर्फबाट वडाध्यक्ष र नेपाली कांग्रेसबाट चार सदस्य टासी शेर्पा, वाङग्या शेर्पा, महिला सदस्यमा फुपुल्हामु श्रेष्ठ र दलित महिला सदस्यमा विपना तुम्वाहाम्फे विक निर्विरोध निर्वाचित भएकाे जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

गाउँलेले चयन गरेका उम्मेदवारबाहेक सो वडामा अरू कोही पनि व्यक्तिको उम्मेदवारी नपरेसँगै अध्यक्षसहित निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालयका सूचना अधिकारी विपिन दुलालले बताए । गाउँलेले सहमति जुटाएका सबै उम्मेदवारले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएको वडाध्यक्ष छेतेनले बताए । ओलाङचुङगोला समुद्र सतहदेखि तीन हजार पाँच सय मिटर उचाइमा अवस्थित हिमाली बस्ती हो । यस बस्तीमा जम्मा ५३ घरपरिवार बसोवास गर्दै आएका छन् । दुई सय ७७ मतदाता रहेको ओलाङगोलामा गाउँलेको आमभेलाबाट सर्वसम्मत अध्यक्ष चयन गरेको तेन्जिङ वालुङले बताए ।  

सर्वसम्मत वडाध्यक्ष वालुङ ०७४ को निर्वाचनमा निवर्तमान अध्यक्षसँग एक मतले पराजित भएका थिए । यसपछि अल्पसंख्यक कोटाबाट कार्यपालिका सदस्यमा निर्वाचित भएका थिए । ०७४ को निर्वाचनपछि गाउँमा लामो समय तिक्तता भएको जनाउँदै यहाँका जनप्रतिनिधि र युवा अगुवाले केही दिनदेखि सर्वसम्मत गराउने प्रयास गरेका थिए ।

ad
ad