मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १३ मंगलबार
  • Monday, 16 December, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o७९ बैशाख १३ मंगलबार o७:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिन्धुपाल्चोकका आधा स्थानीय तहमा तालमेल

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o७९ बैशाख १३ मंगलबार o७:o७:oo

सिन्धुपाल्चोकमा रहेका १२ स्थानीय तहमध्ये ६ वटामा तालमेल हुने देखिएको छ । सोमबार गरेको मनोनयनपत्र दर्ताको अवस्था हेर्दा दुई स्थानीय तहमा सत्तागठबन्धन दल क‌ांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल हुने निश्चित छ । चार स्थानीय तहमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल हुने देखिन्छ । 

जुगल गाउँपालिकामा माओवादी केन्द्रका रेसम स्याङ्बो अध्यक्ष र कांग्रेसका हिमाल श्रेष्ठले उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन् । सात वडामा तीनमा माओवादी, तीनमा कांग्रेस र एकमा समाजवादीका उम्मेदवारले नाम दर्ता गराएका छन् । पाँचपोखरी थांपाल गाउँपालिकामा माओवादी केन्द्रका दोर्जे स्याङ्बो र कांग्रेसकी गंगा चापागाईंले मिलेर मनोनयनपत्र दर्ता गराएका छन् । 

चार स्थानीय तहमा माओवादी केन्द्र र एकीकृत समाजवादीले तालमेल गर्ने भएका छन् । चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा मेयर र एसकी सीता थापाले उपमेयरमा नाम दर्ता गराएका छन् । १४ वडामा पनि भागबन्डा गरिएको छ । १४ मध्ये समाजवादीले तीनवटामा अध्यक्ष पाएको छ ।

मेलम्ची नगरपालिकामा एकीकृत समाजवादीका नानीराम चौलागाईं मेयर र माओवादीका देवेन्द्र घोरासैनीले उपमेयरमा नाम दर्ता गराएका छन् । त्यसैगरी, हेलम्बु गाउँपालिकामा माओवादीका पेमा हेल्मो र एसका सुजन पाख्रिन मिलेर चुनाव लड्दै छन् । बलेफी गाउँपालिकामा माओवादी केन्द्रका गंगाबहादुर तामाङ अध्यक्ष र समाजवादीका डिबी थापा उपाध्यक्षमा उठेका छन् ।

माओवादी र एकीकृत समाजवादीले जिल्लाभर तालमेल गर्ने भएका छन् । सुनकोसी गाउँपालिकामा माओवादीकी कृष्णकुमारी कुँवरले अध्यक्षमा मनोनयन दर्ता गरेकी छिन् । स्थानीय तहको प्रमुखमा राजनीतिक दलबाट टिकट पाएर नाम दर्ता गराउने उनी पहिलो महिला हुन् ।