१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १७:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

वडा नछाड्न दबाब दिँदै पोखरामा कांग्रेस नेताहरूलाई कार्यकर्ताले कार्यालयमै थुनिदिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:o९:oo

नेपाली कांग्रेस कास्कीका नेताहरूलाई कार्यकर्ताले पार्टी कार्यालयमा थुनेका छन्। आसन्न स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर १८ अर्को दललाई दिने निर्णय गरेको भन्दै कार्यकर्ताले जिल्ला नेताहरूलाई पार्टी कार्यालयमा थुनेका हुन्।

वडा नम्बर १८ आफूहरूले नै पाउने भन्दै आश्वस्त पारेको नेतृत्वले नै सुटुक्क माओवादी केन्द्रलाई दिएपछि नेताहरूलाई भित्र राखेर ताला लगाउनुपरेको वडा इकाइ समितिका उपाध्यक्ष नारायण खड्काले बताए। जिल्ला नेताहरूलाई बैठक बसिरहेको स्थल होटेल स्नोल्यान्डबाट बोलाएर कार्यालयमा थुनिदिएको पार्टीका क्रियाशील सदस्य टीका चापागाईंले बताए। ‘उहाँहरूले वडा हाम्रो पक्षमा ल्याउने सुनिश्चितता नगरेसम्म अरू दलहरूसँग बैठक बस्न जान दिँदैनौँ,’ उनले भने।

कांग्रेस जिल्ला सभापति किशोरदत्त बरालले आफूहरूले वडा नछाडेको जिकिर गरे। जिल्ला पार्टीको प्रांगणमा हुटिङ गरिरहेका १८ नम्बर वडाका नेता कार्यकर्तालाई उनले वडाहरूको टुंगो लागिनसकेको भन्दै धैर्य गर्न र आफूहरूलाई बाहिर निस्कन दिन आग्रह गरे। तर, कार्यकर्ताहरूले वडा आफूहरुले नपाएसम्म ताला नखोल्ने र बाहिर निस्कन नदिने अडान लिएका छन्।

पार्टी कार्यालयमा सभापति बराल, उपसभापति युवराज कुँवरसहित जिल्ला कार्यसमितिका ३७ जना थुनिएका जिल्ला कार्यसमिति उपसभापति युवराज कुँवरले जानकारी दिए। ‘वडाको विषयमा साथीहरुले असन्तुष्टि पोख्नुभएको हो। हामी कार्यसमितिका अधिकांश सबै कार्यालयभित्र बैठक बसिरहेका छौँ। बाहिर ताला लगाइएको छ,’ उनले भने, ‘कार्यकर्ताको भावनालाई बुझेर अधिकतम प्रयास गर्छौं।’

ad
ad