मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ बैशाख ११ आइतबार १६:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राप्रपाले ललितपुर महानगरमा दर्ता गर्‍याे उम्मेदवारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ बैशाख ११ आइतबार १६:१४:००

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ललितपुर महानगरपालिकामा उम्मेदवारी दर्ता गराएको छ । राप्रपाका तर्फबाट ललितपुर महानगरको मेयरमा अष्टबहादुर महर्जन र उमपेयरमा स्वर्णिमा शाक्यले उम्मेदवारी दर्ता गराएका हुन् । 

उम्मेदवारी दर्ता गर्न राप्रपाका नेता तथा कार्यकर्ता र्‍यालीसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।  राप्रपाले महानगरका २९ वटा वडामध्ये २० वटा वडामा वडाध्यक्षको उम्मेदवारी दर्ता गरेको छ ।