मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ११ आइतबार
  • Friday, 10 January, 2025
२o७९ बैशाख ११ आइतबार o८:५७:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

एमालेले मनाङमा पालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुंग्यायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ११ आइतबार o८:५७:oo
  • चामे गाउँपालिकाको अध्यक्षमा लोकेन्द्र घले, उपाध्यक्षमा आसकुमारी गुरुङ
  • ङिस्याङ गाउँपालिकाको अध्यक्षमा कान्छा घले, उपाध्यक्षमा छिरिङ धावा गुरुङ
  • नासों गाउँपालिकाको अध्यक्षमा मनबहादुर गुरुङ र उपाध्यक्षमा अर्विन गुरुङ (स्वतन्त्र)
  • नार्पाभूमि गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा  स्वतन्त्र उम्मेदवार उठाउने  

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले मनाङमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार टुंग्याएको छ । चारवटा गाउँपालिका र २८ वटा वडा रहेको मनाङमा एमालेले अध्यक्ष र उपाध्यक्ष उम्मेदवार चयन गरेको हो । 

मनाङ सदरमुकाम चामे गाउँपालिकामा अहिलेका अध्यक्ष लोकेन्द्र घले नै दोहोरिने भएका छन् । चामे गाउँपालिकामा उपाध्यक्षमा आसकुमारी गुरुङ उपाध्यक्षकाे उम्मेदवार चयन गरिएको छ । 

यस्तै, मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा पनि पुनः कान्छा घलेलाई दोहोर्‍याइएको छ । उपाध्यक्षमा छिरिङ धावा गुरुङले टिकट पाएका छन् । नासों गाउँपालिकाको अध्यक्षमा मनबहादुर गुरुङ र उपाध्यक्षमा अर्विन गुरुङ (स्वतन्त्र) चयन भएका छन् । 

मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा भने एमालेले स्वतन्त्र उम्मेदवार उठाउने भएको छ । एमालेले ०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा मनाङको चामे र मनाङ ङिस्याङ गाउँपालिकामा चुनाव जितेको थियो ।