मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका दैनिकका हुम्ला संवाददाता नरजन तामाङ
समाचार डिजिटल संस्करण

समाचार लेखेको विषयमा नयाँ पत्रिकाकर्मी तामाङलाई धम्की

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख १० शनिबार १३:३०:००

टिकट वितरणको विषयमा विवाद हुँदा माओवादी केन्द्र कर्णाली प्रदेशका सहसचिव कुटिएका विषयमा समाचार लेखेको भन्दै नयाँ पत्रिका दैनिकका हुम्ला संवाददाता नरजन तामाङलाई धम्की आएको छ।

हुम्लाको चंंखेली गाउँपालिका अध्यक्षको उम्मेदवार गोलाप्रथाबाट छनोट गरिएपछि माओवादी केन्द्रको कर्णाली प्रदेशका सहसचिव लालकेश जैसीमाथि हातपात भएको थियो। आठजना अध्यक्षका आकांक्षी हुँदाहुँदै सहसचिव जैसीले गोलाप्रथा गरी अध्यक्षका उम्मेदवार छनोट गरेको भन्दै हातपात भएको हो।

यही विषयमा समाचार लेखेपछि पत्रकार तामाङलाई जैसीका कार्यकर्ताले सामाजिक सञ्जालमा गालीगलौज र धम्की दिएका हुन्।