मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ बैशाख ७ बुधबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o७९ बैशाख ७ बुधबार १३:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभागृह र सम्बन्धित स्थानीय तहमा निर्वाचन अधिकृतको अस्थायी कार्यालय राखिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ बैशाख ७ बुधबार १३:४o:oo

जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्थानीय तहको निर्वाचनका लागि निर्वाचन अधिकृतका लागि अस्थायी कार्यालय स्थापना गर्ने भएको छ। बिहीबार प्रशासनले आठ मुख्य निर्वाचन अधिकृतसहितको कार्यालय स्थापना गर्ने भएको हो। 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार मुख्य निर्वाचन अधिकृतका लागि सभागृहमा कार्यालय राखिनेछ। त्यस्तै, अन्य निर्वाचन अधिकृतका लागि स्थानीय तहसँग समन्वय गरी सम्बन्धित स्थानीय तहमै अस्थायी कार्यालय राखिनेछ। तीन सय २० मतदानस्थल रहेको काठमाडौंमा सात सय ५९ मतदान केन्द्र रहेका छन्। काठमाडौंमा अघिल्लो निर्वाचनमा भन्दा यसपटक २८ निर्वाचनस्थल थपिएका छन् ।