१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ७ बुधबार
  • Wednesday, 26 June, 2024
२o७९ बैशाख ७ बुधबार o८:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा कर्मचारी अभाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ७ बुधबार o८:o१:oo

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीमा कर्मचारी अभाव हुँदा अनुगमन प्रभावित बनेको छ । पाँच जिल्लाको अनुगमन गर्ने जिम्मा पाए पनि कर्मचारी अभावले कार्यालयले दुई जिल्लाको मात्रै अनुगमन गर्दै आएको छ । जसकारण तीन जिल्लाको बजार अनुगमन प्रभावित बनेको छ । 

पाँच जिल्लामा करिब १० हजार खाद्य व्यवसायी छन् । ती सबैको अनुगमन गर्ने जिम्मा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीको भएको खाद्य निरीक्षक खशान्त पोखरेलले बताए । उनका अनुसार कार्यालयमा दुईजना प्राविधिक सहायक र एकजना खाद्य निरीक्षकसहित तीनजना कर्मचारी कार्यरत छन् । अनुगमन गर्न जाँदा एकजना कार्यालयमै बस्नुपर्छ । बाँकी दुईजना खटिँदै आएका छन् । ‘अनुगमनका लागि कर्मचारीलाई लिएर जानुपर्छ । फिल्ड भत्ता दिनुपर्छ । तर, उनीहरूलाई दिने पैसा पनि पर्याप्त छैन । चारपांग्रे सवारीसाधन पनि छैन । तनहुँमा अनुगमन गर्न सहज छ, तर अन्य जिल्लामा जान निकै सकस छ,’ पोखरेलले भने, ‘अहिले तनहुँका विभिन्न बजारमा सातामा दुईपटक मात्र अनुगमन हुँदै आएको छ । गोरखामा कहिलेकाहीँ अनुगमन भइरहेको छ । लमजुङ, मनाङ र नवलपुरमा अनुगमन गर्न भ्याएका छैनौँ ।’ 

तनहुँमा मात्रै २२ सयभन्दा बढी खाद्य व्यवसायी छन् । अन्य जिल्लामा पनि त्यतिकै हाराहारीमा छन्् । तर, चारपांग्रे सवारीसाधन र पर्याप्त कर्मचारी नहुँदा अनुगमनमा समस्या भएको कार्यालयले जनाएको छ । तनहुँसहित गोरखा, लमजुङ, मनाङ र पूर्वीनवलपरासीको अनुगमन गर्ने गरी १५ कात्तिक ०७५ देखि तनहुँको दमौलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना गरिएको हो । कार्यालयले पाँच जिल्लाको अनुगमन गर्ने जिम्मेवारी पाए पनि कर्मचारी अभावका कारण सबै जिल्लाको अनुगमन गर्न सकेको छैन । 

आव ०७७/७८ मा गोरखा र लमजुङमा कार्यालयले एक–एकपटक मात्रै अनुगमन गरेको छ । कार्यालयले गत वर्ष गोरखामा तीनपटक अनुगमन गरेको थियो । लमजुङमा गत वर्ष दुईपटक अनुगमन भएको थियो । 

ad
ad
ad
ad