अफगानिस्तानको काबुलमा विस्फोट हुँदा ६ जनाको मृत्यु

मंगलबार, ६ बैशाख, २०७९
डिजिटल संस्करण
अफगानिस्तानको काबुलमा विस्फोट हुँदा ६ जनाको मृत्यु

फाइल फाेटाे ।

अफगानिस्तानको काबुलस्थित विद्यालयमा आक्रमणकारीहरूले दुई विस्फोट गराएका छन्। घटनामा परी कम्तीमा ६ जनाको मृत्यु भएको र अरू केही घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन्।

काबुलको पश्चिमी क्षेत्रमा भएका विस्फोटका घटनामध्ये पहिलो विस्फोट मुम्ताज विद्यालयमा भएको हो। त्यसैगरी दोस्रो विस्फोट भने राजधानी काबुलकै डास्त ए बार्ची जिल्लामा भएको हो। त्यो पनि विद्यालयनजिकै भएको थियो।

दुवै विस्फोटका घटनामा परी घाइते भएकाको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन्। रासस/एएनआई

सुझावित समाचार