१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १६:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौंको मेयर र उपमेयरमा विवेकशील साझाले उठायो महिला उम्मेदवार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १६:५४:oo

विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा महिला उम्मेदवार उठाएको छ। शनिबार ललितपुरमा पत्रकार सम्मेलन गरी विवेकशील साझाले पार्टीको तर्फबाट मेयरमा समीक्षा बाँस्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाइएको जानकारी गराएको हो।

पत्रकार सम्मेलनमा दुवै उम्मेदवारको तर्फबाट काठमाडौं महानगरपालिकाको निर्वाचनका लागि प्रतिज्ञा-पत्र पनि सार्वजनिक गरिएको छ। काठमाडौं महानगरभित्र समस्याको चाङ रहेको र विज्ञहरूको सुझाब लिएर ती सबै समस्याहरूको समाधान गर्दै लैजाने गरी प्रतिज्ञा-पत्र सार्वजनिक गरिएको मेयरकी उम्मेदवार बाँस्कोटाले बताइन्। उनले आफूहरू विजयी भएमा काठमाडौं महानगरपालिकामा विकास, निर्माणको कामले उचाइ लिने दाबी गरिन्।

पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रदूषित, अव्यवस्थित र कंक्रिटको जंगलको रूपमा रूपान्तरित भएको काठमाडौं महानगरपालिकाको स्वरूपमा परिवर्तन ल्याउने गरी आफ्नो पार्टीले मेयर र उपमेयरको उम्मेदवार बनाएको बताए।

के छ प्रतिज्ञा-पत्रमा ?
प्रतिज्ञा-पत्रमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाहमा जोड दिने, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको प्रबन्ध गर्ने तथा नेवाः कला संस्कृतिको संरक्षण, विद्युतीय यातायातको व्यवस्था, नदी, कुवा, तलाउ, खोलानालाहरूको सफाइ गर्ने उल्लेख गरिएको छ।

 

ad
ad