मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका वासिङ्टन
२०७९ बैशाख ३ शनिबार ११:१३:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

युक्रेनलाई हतियार आपूर्ति गरेकामा रुसद्वारा अमेरिका र नेटोलाई 'अप्रत्याशित परिणाम'को चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वासिङ्टन
२०७९ बैशाख ३ शनिबार ११:१३:००

जो बाइडेन प्रशासनले युक्रेनलाई थप ८०० मिलियन अमेरिकी डलरबराबरको सैन्य सहायता घोषणा गरेको केही दिनपछि रुसले युक्रेनलाई हतियार हस्तान्तरण गर्न जारी राखेमा संयुक्त राज्य अमेरिकालाई 'अनपेक्षित परिणाम' भोग्नुपर्ने चेतावनी दिएको छ

वासिङ्टन पोस्टले रुसले यस हप्ता अमेरिकालाई पठाएको कूटनीतिक नोटको समीक्षा गर्दै सो विश्लेषण गरेको छ। युक्रेनमा हतियार प्रणालीले 'अप्रत्याशित परिणाम ल्याउन सक्छ,' अलजजिराले उल्लेख गरेको छ।

'हामी संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूलाई युक्रेनको गैरजिम्मेवार सैन्यकरण रोक्न आह्वान गर्दछौँ, जसले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षाका लागि अप्रत्याशित परिणाम निम्त्याउँछ,' नोटमा भनिएको छ। उल्लेखनीय कुरा के छ भने, अमेरिकी सैन्य सहायता प्याकेजमा तोपखाना प्रणाली, आर्टिलरी राउन्ड, बख्तरबन्दलगायत समावेश छन्। रासस/एएनआई