नेकपा एमाले र राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा गठबन्धन हुने भएको छ । बुधबार दुई पार्टीबीच आसन्न स्थानीय तह निर्वाचनमा सहकार्य गर्ने सहमति भएको हो । सहमतिअनुसार राप्रपा नेपालका उम्मेदवारहरूले साझा चिह्नका रूपमा सूर्य चिह्न लिएर चुनावमा भाग लिनेछन् ।
दुई पार्टीबीचको चुनावी गठबन्धन देशैभर हुने बताइएको छ ।चुनावमा सहकार्य गर्ने सहमतिपत्रमा नेकपा एमालेका तर्फबाट स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका तर्फबाट स्थानीय निकाय परिचालन विभाग प्रमुख सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।