१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ३० बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ चैत ३० बुधबार १o:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निमाले ल्यायो ‘जुनियर मेगा माइन्ड’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ चैत ३० बुधबार १o:o९:oo

निमा एकेडेमीले दूर शिक्षासँगको सहकार्यमा सूचना प्रविधिमा आधारित सिकाइका लागि ‘डिजिटल बन्डल कोर्स : जुनियर मेगा माइन्ड’ बजारमा ल्याएको छ । 

प्राज्ञिक र गैरप्राज्ञिक गरी कोडिङ तथा रोबोटिक्ससहितका उक्त सामग्री कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई लक्ष्य गरी उत्पादन गरिएको निमा एजुकेसन फाउन्डेसनका अध्यक्ष हरिमान प्रधानले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालय व्यस्थापन विभागका डिन डा. डिल्लीराज शर्मा, त्रिविका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका कार्यकारी निर्देशक सहप्राध्यापक विनोद जोशी, त्रिविका सूचना प्रविधि इनोभेसन केन्द्रका निर्देशक प्रा.डा. सुवर्ण शाक्य, प्याब्सनका अध्यक्ष डिके ढुंगाना, एन. प्याब्सनका सहअध्यक्ष सुवास न्यौपानेलगायतको उपस्थितिमा सो एप्स मंगलबार सार्वजनिक गरिएको हो ।

निमा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत निश्चलमान प्रधानले जुनियर मेगामाइन्ड कार्यक्रमले स्टिमकोर्सलाई साना बालबालिकामा सानैदेखिको अवधारणामा काम गर्ने र पछि आफ्नो अभिरुचिको क्षेत्र पहिल्याएर अगाडि बढ्न सहज गराउने बताए । दूरशिक्षाका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद पाण्डेले अबको विश्वले सो कोर्स लागू गरिसकेको र नेपालले पनि गर्नुको विकल्प नरहेको बताए । 

 फाउन्डेसनका  प्राज्ञिक निर्देशक मोहन घिमिरेले चार वर्षअघि बजारको अध्ययन गरेर विषयगत विज्ञ लेखकको सहभागितामा सो सामग्री तयार गरिएको जानकारी दिए ।