१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o७:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

अन्तर्राष्ट्रिय पदक विजेता बक्सिङ खेलाडीको स्वागत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:o५:oo

 थाइल्यान्ड अन्तर्राष्ट्रिय खुला बक्सिङ प्रतियोगितामा नेपालले एक कांस्यपदक जितेको छ । थाइल्यान्डको फुकेटमा १ देखि १० अप्रिलसम्म भएको प्रतियोगितामा एक पुरुष र चार महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।सहभागी भएका पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोली मंगलबार नेपाल फर्किएको छ । नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले खेलाडी तथा अफिसियललाई स्वागत गरेका छन् ।

महिला ६० केजी तौलसमूहमा पुनम रावलले नेपाललाई कांस्य दिलाएकी हुन् । पुनमको स्पर्धामा ६ खेलाडी सहभागी थिए । पहिलो चरणमा बाई पाएकी पुनमले सेमिफाइनलमा फिलिपिन्सकी रिजा पस्युटसँग प्रतिस्पर्धा गरेकी थिइन् । सेमिफाइनलमा पुनम ३–२ ले पराजित भइन् । 

सन् २०१० मा दीपक महर्जनले जितेको कांस्यपछि नेपाली मुक्केबाज खेलाडीले पहिलोपटक थाइल्यान्डमा पदक जितेको बक्सिङ संघले जनाएको छ । त्यसवेला सो प्रतियोगिता किङ्स कपका नाममा हुने गथ्र्यो । पुरुष ६३ केजीमा भूपेन्द्र थापामगर तथा महिला ५१ केजीमा मिनु गुरुङ, ५७ केजीमा चन्द्रकला थापा र ४८ केजीमा सुष्मा तामाङले प्रतिस्पर्धा गरेका थिए ।

भूपेन्द्र र मिनु १३औँ दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता हुन् । अध्यक्ष अवालेले आफूले पनि दुईपटक सो प्रतियोगिता खेलेको बताए । ‘मैले पनि यो प्रतियोगिताको दुई संस्करण खेलेको थिएँ, बक्सिङको उच्चस्तरीय प्रतियोगितामध्येको एक हो,’ अवालेले भने, ‘त्यतिवेला यो प्रतियोगिता किंग्स कपको नाममा हुन्थ्यो ।’

ad
ad