मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ चैत २८ सोमबार १७:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लुम्बिनीमा गठबन्धनबाहिर तालमेल गर्न नपाइने, अनुगमन कार्यदल गठन

Read Time : < 1 मिनेट
२०७८ चैत २८ सोमबार १७:१०:००

स्थानीय तह निर्वाचन तयारीका क्रममा लुम्बिनी प्रदेशमा सत्तागठबन्धनका दलहरूले सोमबार विभिन्न निर्णय गरेका छन्। गठबन्धन दलहरूले प्रदेशमा अनुगमन कार्यदल गठन गर्नुका साथै गठबन्धनभन्दा बाहिरका दलहरूसँग तालमेल नगर्ने निर्णयसमेत गरेका छन्। गठबन्धनको प्रदेश तहको बैठकले गठबन्धनबाहिरका अन्य दलसँग कुनै प्रकारको चुनावी तालमेल वा गठबन्धन गर्न नपाइने निर्णय गरेको हो।

बुटवलमा बसेको पाँच दलीय गठबन्धनको बैठकले गठबन्धनका दलहरूको प्रतिनिधित्व हुने गरी संयुक्त चुनाव प्रसार संयन्त्र बनाउने निर्णयसमेत गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ। बैठकले जिल्लास्तरीय गठबन्धन संयन्त्रको बैठकबाट सहमति कायम गरी सोको रिपोर्ट प्रदेशमा पठाउन आग्रह गर्ने निर्णय पनि गरेको छ।

चुनावको अनुगमनका लागि बैठकले संयुक्त स्थलगत अनुगमन कार्यदल बनाएको छ। जसमा कांग्रेसका राजु खनाल, माओवादी केन्द्रका लुमकान्त न्यौपाने, एकीकृत समाजवादीका अशोक कोेइराला, जनता समाजवादीका अशोककुमार यादव र राष्ट्रिय जनमोर्चाका बोमबहादुर खत्री रहेका छन्। बैठकले ७० वर्षदेखि नेपाली जनताको अनवरत संघर्षबाट प्राप्त उपलब्धि प्रतिगमनका कारण धरापमा परिसकेको र प्रतिगमनकारी राजनीतिक संकट अझै समाप्त भनइसकेको निष्कर्ष निकालेको छ। 

बैठकमा कांग्रेसका प्रदेश सभापति अमरसिंह पुन, माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बराल, एकीकृत समाजवादीका प्रदेश सचिव राजु गुरुङ, जसपाका प्रदेश अध्यक्ष अशोकुमार यादव र जनमोर्चाका उपाध्यक्ष बद्री आलम सहभागी थिए।