
महोत्तरीमा ९३ किलो गाँजासहित एक व्यक्ति पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनीको स्क्वाड टोलीले विशेष सूचनाको आधारमा गाँजासहित ती व्यक्तिलाई पक्राउ गरेको हो।
जिल्लाको मनरा सिस्वा नगरपालिका– ३ सोनौलस्थित गाउँबाट ना.३ख ७९३५ नम्बरको ट्रकबाट धादिङको धाक्रेनिवासी ३६ वर्षीय रमेश तामाङलाई सशस्त्रले गाँजासहित नियन्त्रणमा लिएको हो। उनलाई नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्रको छिन्नमस्ता बाहिनीका बाहिनीपति डिआइजी गणेश ठाडामगरले जानकारी दिए।