१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २६ शनिबार
  • Wednesday, 26 June, 2024
२o७८ चैत २६ शनिबार १३:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

मनाङमा २८ मतदान केन्द्र निर्धारण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत २६ शनिबार १३:५७:oo

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनाङमा २८ वटा मतदान केन्द्र कायम भएको छ। २८ वडा रहेको मनाङमा प्रत्येक वडामा मतदान केन्द्र रहनेछ। यसअघि स्थानीय तह निर्वाचन २०७४ मा कायम भएका केन्द्र नै यसपटक पनि कायम भएको निर्वाचन कार्यालय मनाङले जनाएको छ।

मनाङमा नासों गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकामा नाै–नाै मतदान केन्द्र, चामे गाउँपालिका र नार्पाभूमि गाउँपालिकामा पाँचवटा मतदान केन्द्र कायम भएको छ। वडा कार्यालय, विद्यालय र गुम्बामा मतदान केन्द्र रहनेछ।मनाङका चार गाउँपालिकामा एक मुख्य निर्वाचन अधिकृत र तीन निर्वाचन अधिकृत खटिनेछन्। सदरमुकाम चामेमा मुख्य निर्वाचन अधिकृत र अन्य गाउँपालिकामा निर्वाचन अधिकृत खटिनेछन् ।

ad
ad
ad
ad