१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २४ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत २४ बिहीबार १९:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओली सरकारले देश बनाउने कुनै योजना ल्याएन : प्रदीप पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २४ बिहीबार १९:५२:oo

कांग्रेस युवा नेता प्रदीप पौडेलले केपी ओली नेतृत्वको तत्कालीन सरकारले अनुत्पादक क्षेत्रमा लगानी गर्नुबाहेक देश बनाउने कुनै पनि योजना नल्याएको दाबी गरेका छन्।  स्याङ्जाको चापाकोट नगर कार्यसमितिले बिहीबार ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत आयोजना गरेको कार्यक्रममा पौडेलले ओली नेतृत्वको सरकारले अनुत्पादक क्षेत्रमा लगानी गर्नुबाहेक देश बनाउने कुनै पनि योजना नल्याएको दाबी गरेका हुन्। 

कम्युनिस्ट पार्टीका कार्यकर्ता पाल्नका निम्ति राज्यकोष दोहन गरिएको आरोप लगाउँदै पौडेलले ओलीको शासनकालमा टावर बनाउने र प्रधानमन्त्री स्वरोजगार कोषमार्फत जथाभावी पैसा खर्च गर्नबाहेकको काम नभएको जिकिर गरे। उनले भने,  ‘ओली कालमा भएको यो दुईवटा काम मात्रै हो। टावर बनाउने र प्रधानमन्त्री स्वरोजगार कोषमा जथाभावी पैसा खर्च गर्ने ।’