अनामनगरस्थित नेपाल ग्यासको डिपोअगाडि रित्ता सिलिन्डर लिएर लाइनमा उपभोक्ता । डिजेलको मूल्य अनुपातमा स्वचालित भाडादर कायम गर्न माग गर्दै आन्दोलनमा उत्रिएका एलपी ग्यास उद्योग संघ, पेट्रोलियम डिलर्स एसोसिएसन र पेट्रोलियम ढुवानी व्यवसायीले मंगलबारदेखि ढुवानी गर्न छाडेपछि बजारमा ग्यास अभाव भएको छ । ढुवानी रोकिएको दुई दिनमै ग्यास सकिएको भनेर कृत्रिम अभाव गराइएको उपभोक्ताको गुनासो छ । अनामनगरस्थित ग्यास डिपोअगाडि देखिएकाे दृश्य :