मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २० आइतबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत २० आइतबार १७:o९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचक ३० अंकले गिरावट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २० आइतबार १७:o९:oo

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक गिरावट आएको छ। पछिल्लो समय निरन्तर रूपमा गिरावट आएको नेप्से आइतबार ३०.८९ अंक घटेर दुई हजार ५१३.४१ बिन्दुमा झरेको छ। आज सेन्सेटिभ इन्डेक्स पनि ६.४४ अंकले घटेको छ।

आज कारोबारमा आएका २२५ कम्पनीको ३२ लाख ५३ हजार कित्ता सेयर एक अर्ब ४६ करोड सात लाख ७३ हजार रुपैयाँबराबरमा खरिदबिक्री भएको छ। कारोबार भएकामध्ये आज २९ कम्पनीको मात्र सेयरमूल्य बढेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ।

नेप्सेका १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ। जसमा अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.१३ प्रतिशत घटेको छ। व्यापार, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बिमा, लघुवित्त, जीवन बिमा र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।

नेप्से परिसूचक ओरालो लागे पनि आज तीनवटा कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ नेपाल र नेस्डाे समृद्ध लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, जाल्पा लघुवित्तको सेयरमूल्य ४ प्रतिशत बढेको छ भने युनाइटेड इर्दी मर्दीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ ।

कारोबार रकमका आधारमा ९ करोड ७२ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री गरेर आज सूर्या लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सिद्धार्थ इन्स्योरेन्सको ५ करोडभन्दा बढीको सेयर किनबेच भएको छ भने नबिल बैंकको ४ करोडभन्दा बढीको सेयर कारोबार भएको छ।