१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार o८:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

दोहोरी प्रतियोगिता दोस्रो चरणमा प्रवेश 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o८:४१:oo

टुबोर्ग छैटौँ राष्ट्रिय रनिङ सिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८ शनिबारबाट दोस्रो चरणमा प्रवेश गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय समितिद्वारा आयोजित प्रतियोगिताको चौथो दिन (शनिबार) बाँकी समूहबीच प्रतिस्पर्धा गराएर दोस्रो चरणमा प्रवेश गरेको हो । 

प्रतियोगिताको अन्तिम चरण २० चैतमा हुने आयोजकले जनाएको छ । १९ चैतमा प्रतियोगिता सम्पन्न गर्ने आयोजकको कार्यतालिका भए पनि एक दिन थप भएर २० चैतमा सम्पन्न हुने भएको हो । प्रतियोगीबीच प्रतिस्पर्धा कडा भएका कारण एक दिन म्याद थपिएको हो । 

शनिबारको प्रतियोगितामा बीच–बीचमा चर्चित कलाकारहरूको प्रस्तुति राखिएको थियो भने सहयोगी दाता र आजीवन सदस्यता लिनेहरूलाई सम्मान पनि गरिएको थियो । प्रतियोगिताको चौथो दिन प्रतिष्ठानका केन्द्रीय सचिव जीवन दाहाल र प्रतिष्ठानका केन्द्रीय सदस्य पिएन सापकोटाले सहजीकरण गरेका थिए । 

प्रतियोगिताको निर्णायक संयोजक प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष चन्द्र शर्मा रहनेछन् भने सह–संयोजक निवर्तमान केन्द्रीय अध्यक्ष बद्री पंगेनी छन् । साथै, यस प्रतियोगितामा अन्य अग्रज कलाकारहरू पनि निर्णायकको भूमिकामा रहनेछन् । 

ad
ad