१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १८ शुक्रबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ चैत १८ शुक्रबार o९:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एमाले हराउने नीतिअनुरूप एकताबद्ध भएर जाने गठबन्धनको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ चैत १८ शुक्रबार o९:५९:oo

गठबन्धनको नजर एमालेका सिटमा

एमाले हराउने नीतिअनुरूप एकताबद्ध भएर जाने गठबन्धनमा रहेका दलहरूले निर्णय लिएका छन् । सात सय ५३ स्थानीय तहमध्ये आफूले जितेका सिट सुरक्षित गर्ने र एमालेका सिटमा जित निकाल्ने गरी गठबन्धनमा रहेका दलहरूले रणनीति बनाउँदै छन् ।

०७४ को स्थानीय तहमा प्रमुख १२३, उपप्रमुख १३७, अध्यक्ष १७१, उपाध्यक्ष १९४, वडाध्यक्ष दुई हजार २५९, सदस्य पाँच हजार ४५८, महिला सदस्य दुई हजार ७७७ र दलित महिला दुई हजार ६८० सहित कुल १४ हजार ९९ सिट जितेर एमाले पहिलो शक्ति भएको थियो ।

दोस्रो शक्ति बनेको कांग्रेसले प्रमुख १०५, उपप्रमुख ८४, अध्यक्ष १६१, उपाध्यक्ष १३९, वडाध्यक्ष दुई हजार २८७, सदस्य चार हजार ४२३, महिला सदस्य दुई हजार एक सय ५६ र दलित महिला दुई हजार १०१ गरी कुल ११ हजार ४५६ सिटमा जित निकालेको थियो ।

यसबाहेक माओवादीले प्रमुख ३४, उपप्रमुख ४३, अध्यक्ष ७२, उपाध्यक्ष ६८, वडाध्यक्ष एक हजार १०३, सदस्य दुई हजार ५६, महिला सदस्य एक हजार ३५ र दलित महिला एक हजार ३० मा जित गरी कुल पाँच हजार ४४१ सिटसहित तेस्रो शक्ति बनेको थियो ।