मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत १८ शुक्रबार ०७:३९:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

दोहोरीको दोस्रो दिन ११ समूहबीच प्रतिस्पर्धा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत १८ शुक्रबार ०७:३९:००

छैटौँ टुबोर्ग राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिताको दोस्रो दिन बिहीबार ११ समूहबीच प्रतिस्पर्धा भएको छ । प्रतियोगितामा ६१ समूहले भाग लिएका छन् । प्रतियोगितामा निर्णायक संयोजक चन्द्र शर्मा र सह–संयोजक बद्री पंगेनी रहेका छन् । यी दुवै निर्णायकलाई अन्य अग्रज कलाकारहरूले पनि साथ दिएका छन् । 

कार्यक्रममा आजीवन सदस्यता लिने र सहयोग गर्ने सहयोगदातालाई सम्मान पनि गरिएको थियो । दोहोरी गीत प्रतियोगितासँगै चर्चित कलाकारहरूको प्रस्तुतिसमेत राखिएको थियो । दृष्टिविहीन कलाकारहरूको हकहितका लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको दृष्टिविहीन शाखाको स्वीकृति दिँदै प्रमाणपत्र पनि वितरण गरिएको थियो । 

प्रतियोगिताको दोस्रो दिन ६१ मध्ये ११ वटा समूहबीच प्रतिस्पर्धा गराइएको आयोजकले जनाएको छ ।  अन्य बाँकी प्रतियोगी समूहलाई शुक्रबार प्रतिस्पर्धा गराउने कुरा निर्णायक मण्डलले जानकारी गराएको छ ।