१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o७:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

प्रवीण र संगीतालाई स्वर्ण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:१७:oo

नेपाल आर्मीका प्रवीण मानन्धर र संगीता राईले गणेशमान सिंह फाउन्डेसन राष्ट्रिय कराते प्रतियोगिताको एकल कातामा स्वर्ण जितेका छन् । मंगलबार सम्पन्न फाइनलमा प्रवीणले प्रदेश १ का विवेक राईलाई हराएका हुन् ।

महिलातर्फ संगीताले बागमतीकी सन्जु देशासलाई पराजित गरिन् । गणेशमान सिंह फाउन्डेसन र नेपाल सितोरियो कराते संघ शाखा डोजो सतुंगलद्वारा संयुक्त रूपमा आयोजित प्रतियोगिताको पुरुष टिम कातामा आर्मी पहिलो भएको छ । पुरुष ५० केजीमुनि गण्डकीका बुद्ध लामा पहिलो भए । उनले फाइनलमा प्रदेश १ का धनकुमार राईलाई हराए । ६७ केजीमुनि प्रदेश १ का रोहित बाँस्कोटाले आर्मीका किरण पुनमगरलाई पाखा लगाउँदै शीर्ष स्थान हात पारे । महिला ६८ केजीमाथि आर्मीकी निरुपा तामाङ पहिलो भइन् । निरुपाले फाइनलमा बागमतीकी सोनिया मोक्तानलाई पन्छाइन् ।

यसैगरी गणेशमान सिंह स्मृति बक्सिङ प्रतियोगितामा नवलपुरका आकाश राना र कास्कीका सरोज गुरुङ गण्डकी प्रदेशस्तरीय छनोटको फाइनलमा पुगेका छन् । मंगलबार पोखरामा सुरु भएको छनोट प्रतियोगिताअन्तर्गत पुरुष ५२ केजी तौल समूहमा आकाशले पर्वतका ओमन गुरुङलाई हराएका थिए । सरोजले तनहुँका अनिश गुरुङलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् ।

यसैगरी महिलाको ५१ केजी तौल समूहमा पर्वतकी अस्मिता थापा, ५७ केजीमा पर्वतकै सीमा गुरुङ र ६० केजी तौल समूहमा पर्वतकै जेसिका श्रेष्ठ राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन् ।
 

ad
ad