मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ चैत १५ मंगलबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत १५ मंगलबार १३:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसको चुनावी अभियानले देशभर राजनीतिक हलचल ल्याएको छ : नेता सिंह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत १५ मंगलबार १३:१३:oo

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानले देशभर राजनीतिक हलचल ल्याएको बताएका छन्। अभियानअन्तर्गत थानकोटमा चन्द्रागिरि नगर समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन्।

कांग्रेसको प्रतिस्पर्धा कम्युनिस्ट पार्टीसँग हुने भएकाले शालीन रूपमा प्रतिस्पर्धामा खरो उत्रनुपर्ने उनले बताए। ०४६ को परिवर्तनपछि मुलुकको विकास जसरी हुनुपर्नेमा त्योअनुसार हुन नसक्नुको मुख्य बाधक नेकपा एमाले भएको उनको आरोप छ। नेता सिंहले नारा दिने, तर काम नगर्ने पार्टी कम्युनिस्ट भएको कुरा लिएर जनतामा जानुपर्ने धारणा राखे।