१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १३ आइतबार
  • Friday, 27 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ चैत १३ आइतबार १o:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री खाणबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ चैत १३ आइतबार १o:५७:oo

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ । आइतबार बिहान प्रचण्डनिवास खुमलटारमा भएको भेटघाटमा मुख्यगरी तीन विषयमा छलफल भएको छ ।  भेटमा समसामयिक राजनीतिक विषय, स्थानीय निर्वाचन र शान्तिसुरक्षाको वर्तमान अवस्थाबारे कुराकानी भएको छ ।

सरकारले ३० वैशाखका लागि स्थानीय तह निर्वाचनको मिति निर्धारण गरेको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा गृहमन्त्री खाणले सत्तारुढ घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटघाट गरेका हुन् । 

स्थानीय तह निर्वाचनमा सत्तागठबन्धन चुनावी तालमेल गरेर अगाडि बढ्ने विषयमा कुराकानी भएकाे छ । त्यस्तै, अहिलेको शान्तिसुरक्षाको अवस्था र निर्वाचनमा शान्तिसुरक्षाको अवस्थाबारे पनि कुराकानी भएको बताइएकाे छ।