मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत १३ आइतबार ०८:५४:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

खाना नपकाएको झोकमा श्रीमानले श्रीमतीलाई आगो लगाए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत १३ आइतबार ०८:५४:००

खाना नपाकाएको झोकमा कपनमा श्रीमान्ले श्रीमतीलाई आगो लगाइदिएका छन् । आगोबाट जलेकी ३० वर्षीया अस्मिता चौधरीलाई उपचारका लागि साँखुस्थित सुष्मा मेमोरियल अस्पताल लगिएको छ । प्रहरीका अनुसार शुक्रबार राति ९ बजेको समयमा प्रबिनले श्रीमती अस्मितालाई आगो लगाइदिएका थिए ।

घटनामा संलग्न सिराहा लहान नपा–७ का ४२ वर्षीय प्रबिन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । खाना नपकाई सुतेको भेटिएपछि उनलाई प्रबिनले तारपिनको तेल खन्याई आगो झोसेका थिए । आगो दन्किन थालेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । 

घटनास्थल पुगेका प्रहरीले अस्मितालाई घाइते अवस्थामा फेला पारेका थिए । घटनामा संलग्न प्रबिनलाई प्रहरीले शुक्रबार नै पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले आगो लगाउने प्रबिनलाई पक्राउ गरिएकोे बताए । उनले भने, ‘घटनामा संलग्नलाई कानुनबमोजिम कारबाही हुन्छ ।’

प्रहरीका अनुसार प्रबिन कामबाट शुक्रबार साँझ डेरा फर्केका थिए । श्रीमती भने सुतिरहेकी थिइन् । भाँडामा खाना नभेटाएपछि प्रबिन रिसले चुर भएका थिए । यही झोँकमा उनले श्रीमतीको शरीरमा तारपिनको तेल खन्याएका थिए । त्यसलगत्तै सलाइ कोरेर आगो झोसेका थिए । आगो दन्किन थालेपछि अस्मिता चिच्याएकी थिइन् । आगोको धुवाँ उडेको र चिच्याएको सुनेपछि आगलागी भएको भन्दै छिमेकी उनीहरूको डेरा पुगेका थिए ।