मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १० बिहीबार
  • Monday, 16 December, 2024
२o७८ चैत १० बिहीबार १९:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत १० बिहीबार १९:२५:oo

जिल्ला अदालत तनहुँले बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश हरीषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि बिहीबार शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । 

बलात्कार मतियारका अभियोग लागेका पल शाहका म्यानेजर कृष्ण जोशीलाई १ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। 

जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले पलविरूद्ध अधिकतम १४ वर्ष कैद सजायको माग गर्दै अभियोगपत्र अदालतमा दर्ता गरेको थियो।  

एक नाबालिग गायिकाले पलविरुद्ध बलात्कारको उजुरी दिएकी थिइन् ।