मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १७ शुक्रबार
  • Friday, 31 March, 2023
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत ७ सोमबार १७:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गैरआवासीय नेपाली संघको निर्वाचनको मुद्दामा कारण देखाउ आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत ७ सोमबार १७:१०:००

उच्च अदालत पाटनले गैरआवासीय नेपाली संघको निर्वाचन रोक्न माग गरिएको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश दुर्गाबहादुर विश्‍वकर्माको एकल इजलासले सोमबार कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश माग गरिएकोमा छलफलका लागि झिकाउने आदेश गरेको हो।

चिन्तामणि सापकोटालगायतले गैरआवासीय नेपाली संघलगायतलाई विपक्षी बनाई चैत्र २ मा मुद्दा दर्ता गरेका थिए। रिटमा निर्वाचन रोक्न अन्तरिम आदेश माग गरिएको थियो।