१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आचार्यको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:३८:oo

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दामोदर आचार्यको निधन भएको छ । क्यान्सर रोगसँग लडिरहेका ५९ वर्षीय आचार्यको शनिबार बिहान भेरी अस्पतालमा निधन भएको पारिवारिक स्राेतले जनाएको छ ।
 
नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका आचार्य नेपाल उद्योग वाणिज्य संघको पूर्वकेन्द्रीय सदस्यसमेत हुन् । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य आचार्य नेपालगन्जमा लोकप्रिय थिए । उनी २०७४ को स्थानीय निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा पराजित भएका थिए । 

क्यान्सरसँग जुध्दै आएका आचार्य लामो समय भारतको दिल्लीमा उपचार गराएर नेपाल फर्किएका थिए । स्वास्थ्यमा सुधार भएपछि नेपालगन्जस्थित घरमै स्वास्थ्यलाभ गरिरहेका आचार्य फेरि बिरामी परेका थिए । 
 

ad
ad