१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १ मंगलबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत १ मंगलबार o६:१३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

यशोदा फुड्सले सुरु गर्‍यो थप दुई स्वादका करेन्ट चाउचाउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत १ मंगलबार o६:१३:oo

करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले फरक स्वादको नयाँ चाउचाउ र चिजबल्स बजारमा ल्याएको छ । उद्योगले सुपर प्रिमियम चाउचाउअन्तर्गत करेन्ट चिज एन्ड बटर, करेन्ट मसरुम नुडल्स, करेन्ट इन्स्ट्यान्ट नुडल्स (फेमिली प्याक) र करेन्ट चिज चिकेन पिज्जा नाम र स्वादको चाउचाउ सार्वजनिक गरेको हो । 

करेन्ट चिज एन्ड बटर, करेन्ट मसरुम नुडल्स फेमिली प्याकमा उपलब्ध रहेको जनाइएको छ । यसको प्रतिपिसको मूल्य एक सय २० रुपैयाँ र तौल पनि एक सय २० ग्राम रहेको उद्योगले जनाएको छ । साथै, फेमिली प्याकमा २० रुपैयाँ पर्ने करेन्ट इन्स्ट्यान्ट नुडल्स र पिज्जाको स्वादमा करेन्ट चिज चिकेन पिज्जासमेत सार्वजनिक गरिएको छ ।

त्यस्तै, चिजबल्स पारखीका लागि चिजबल्सअन्तर्गत चिजको स्वादमा ५० रुपैयाँ पर्ने चिजबल्स पनि सार्वजनिक गरेको छ । कम्पनीले भारत, युरोप, कोरिया, जापान, अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलियालगायत देशमा समेत आफ्ना उत्पादन निर्यात गरिरहेको जनाएको छ ।

कम्पनीले स्थानीय कृषकहरूबाट उत्पादित अकबरे खुर्सानी, गुन्दु्रक, तामा, टिमुर, अदुवा, बेसारलगायतका कृषिजन्य उत्पादनहरू उद्योगका कच्चा पदार्थका रूपमा प्रयोग गरी उनीहरूलाई हौसला प्रदान गर्ने गरेको उल्लेख गरेको छ ।