१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण २७ सोमबार ०८:३४:००
Read Time : < 1 मिनेट
ब्लग

पाठक प्रतिक्रिया : किन चाहियो नागरिक समाज ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण २७ सोमबार ०८:३४:००

नागरिक समाजलाई विभिन्न अर्थमा बुझ्ने गरिन्छ । नागरिक समाज नागरिक र राज्यबीचको अन्तक्र्रियाको महत्वपूर्ण अंग हो । जुन भावना, मूल्य र मान्यतामा बाँधिएको हुन्छ, यसले सार्वजनिक कार्यलाई पारदर्शी, प्रभावकारी र जवाफदेहिताका लागि आपसी सहयोगमार्फत काम गर्नुपर्ने हुन्छ । 

हाम्रो देशमा यसको मुख्य काम भनेको शासकीय क्रियाकलापलाई जनमुखी बनाउन केन्द्रित हुनु हो । सबैभन्दा महत्वको काम भनेको नागरिक समाजले सर्वसाधारणको हक र अधिकारका लागि आवाज बुलन्द गर्नुपर्ने हो । जसले विकास निर्माणका काममा पनि त्यत्तिकै ध्यान दिन क्रियाशील हुन आवश्यक छ । केही वर्ष पहिलेदेखि नेपाली समाजमा बढेका यौनहिंसा, आफ्नै परिवारजन र आफन्तबाट बलात्कृत भएकालगायत घटनाले परिवार र समाजलाई विकृत बनाएको संकेत गर्छन् । यस्तो क्रियाकलापले मानव सभ्यतालाई नै खतरामा पु-याउने सम्भावना छ । 

त्यसकारण नागरिक समाजका अगुवाले यस्ता सामाजिक विषयमा पनि जोडदार आवाज उठाउन आवश्यक छ । राज्यमा राजनीतिक आबाज दबिएको समयमा सल्बलाउने तर अन्य समयमा चाहिँ मौन बस्ने परिपाटीले नागरिक समाजको दायित्व पूरा हुन सक्दैन । नागरिक समाजले सामाजिक विकृति र विसंगतिविरुद्ध त सशक्त आबाज उठाउनु त छ नै, साथसाथै आर्थिक अनियमितता, जातीय तथा लैंगिक भेदभाव, अन्धविश्वास, छाउपडी जस्ता अनेकौँ विषयमा पनि त्यत्तिकै सशक्त आबाज उठाउनु जरुरी छ । त्यसपछि मात्र नागरिक समाज असल बनेको ठहरिन्छ । 

निरञ्जन मैनाली, कोल्हवी–२, बारा
हाल :जोरपाटी, काठमाडौं