१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १७:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

नेपाली सिनेमामा महिला सहभागिताबारे अन्तर्क्रिया 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:४५:oo

नेपाली सिनेमा तथा सञ्चारमाध्यममा महिलाको उपस्थितिका बारेमा एकदिने कार्यक्रम आयोजना गरिएको छ। आइतबार किपालय प्रोडक्सनले ब्रिटिस काउन्सिलसँगको सहकार्यमा नेपाल चलचित्र विकास बोर्डको प्रेक्षालयमा गरेको कार्यक्रममा सिनेमा र सञ्चारमाध्यममा महिलाको उपस्थिति तथा भूमिकाका विविध पाटोमा छलफल गरिएको हो।

ब्रिटिस काउन्सिलले महिला दिवसको दिन ८ मार्चबाट सुरु गरी १० दिनसम्म मनाइरहेको विविधि कार्यक्रममध्ये एक दिन ‘बुमन अफ दि वर्ल्र्ड फेस्टिभल’अन्तर्गत ‘फिल्म डे’को रूपमा मनाउने निर्णय गर्दै सिनेमामा महिलाको भूमिकालाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रमको पहिलो सेसनमा सात महिला सिनेकर्मीले निर्माण गरेका छोटा सिनेमा प्रदर्शन गरेर छलफल चलाइएको थियो। ‘महिला र उनीहरूको कथावाचन’ शीर्षकमा फिल्मकर्मी सपना बेलबासे, शिरीषा कुँवर र जियोन मगरसँग पुष्पा जोशीले छलफल चलाएकी थिइन्। १८ वर्षभन्दा माथि र तल गरी दुई श्रेणीमा विभाजन गरी देखाइएका सिनेमामा दोस्रो चरणमा १८ वर्षभन्दा मुनिका महिलाले बनाएका सिनेमा देखाएर छलफल गरिएको थियो।  सो सत्रको सञ्चालन प्राधान्य योञ्जनले गरेकी थिइन् भने कर्मा इहाजोम, इहाका डोल्मा, सम्पदा सापकोटा, रोसेटे डेला रोसा तामाङ र अन्नपूर्ण देवकोटाले आफूले बनाएका सिनेमाको बारेमा धारणा राखेका थिए।

कार्यक्रममा अधिकांश सहभागीले सिनेमा र सञ्चारमाध्यममा महिलाको संख्या कम मात्र नभएर उनीहरूको हस्तक्षेपकारी भूमिका पनि नभएको निष्कर्ष प्रस्तुत गरेका थिए। यही सत्रमा ग्रान्टमा सिनेमा निर्माण गरिहेका सिनेकर्मीले यसरी संघसंस्थाबाट आर्थिक सहयोग पाएर सिनेमा बनाउँदाका अनुभव बाँडेका थिए। प्रसुना डंगोलले सञ्चालन गरेको यो छलफलमा प्रशंसा केसी, बर्खा राई, तोरा योङ र आकांक्षा कार्कीले आफ्नो अनुभव सुनाए।

ad
ad