मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ फाल्गुण ३० सोमबार
  • Sunday, 13 July, 2025
२o७८ फाल्गुण ३० सोमबार १२:३१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

दक्षिण कोरियामा एकै दिन तीन लाखभन्दा बढी कोरोना संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण ३० सोमबार १२:३१:oo

दक्षिण कोरियामा एकै दिनमा तीन लाखभन्दा धेरै कोरोना भाइरसका संक्रमित भेटिएका छन्। प्राप्त समाचारअनुसार यहाँ सोमबार गएको २४ घन्टायता मात्र तीन लाख नाै हजारभन्दा बढी कोरोना संक्रमित पाइएको यहाँका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन्।

यहाँका अधिकारीहरूले सम्भवतः यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमितहरू भएको पनि बताएका छन्। यहाँको रोग नियन्त्रण तथा निवारण एजेन्सीले सो कुराको जानकारी दिएको हो। एजेन्सीका अनुसार यहाँ गएको २४ घन्टायता मात्र तीन लाख नाै हजार सात सय ९० जना कोरोना संक्रमित देखिएका छन्।

सो निकायका अनुसार अहिलेसम्म यहाँ ६८ लाखभन्दा बढी कोरोना संक्रमित पाइएका हुन्। यहाँ पछिल्ला केही दिनमा दैनिक एक लाखभन्दा बढीको संख्यामा संक्रमित देखिने गरेका छन्। यहाँका अधिकारीहरूले कोरियामा पछिल्ला हप्ताहरूमा कोरोनाको ओमिक्रोन भेरियन्ट निकै विस्तारित भएको बताएका छन्।

उनीहरूले नागरिकहरूले पूर्ण मात्रामा खोप लगाएकाले उनीहरूमा मृत्युदर कम रहेको, तर पछिल्लो समयमा ओमिक्रोनको प्रकोप भने बढ्दै गएको बताएका छन्। रासस/सिन्ह्वा