मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २९ आइतबार
  • Thursday, 26 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २९ आइतबार १७:१७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर बजारमा हरियाली, नेप्से १०१ अंकले बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २९ आइतबार १७:१७:oo

साताको पहिलो कारोबार नेप्से परिसूचकमा उछाल आएको छ। आइतबार सेयर बजार मापक नेप्से परिसूचक १०१.०७ अंकले बढेर दुई हजार ६६७.९७ बिन्दुमा पुगेको छ। त्यस्तै, नेप्सेको सेन्सेटिभ इन्डेक्स १६.३७ अंक बढेको छ।

आइतबार कारोबारमा आएका २२८ कम्पनीका ९० लाख २२ हजार कित्ता सेयर चार अर्ब ८७ करोड ७ लाख १५ हजार रुपैयाँबराबरमा खरिदबिक्री भएको छ। पछिल्लो दुई हप्ता निरन्तर रूपमा गिरावट भएको नेप्से आइतबार तेहेरो अंकले बढेको हो।

नेप्सेका १३ उपसमूहकै परिसूचकमा हरियाली छाएको  छ। जसमा जीवन बिमा उपसमूहको परिसूचक सबैभन्दा बढी ६.९५ प्रतिशत बढेको छ। त्यस्तै, होटेल तथा पर्यटन, वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढीले बढेको छ। यता व्यापार, विकास बैंक, निर्जीवन बिमा र लगानी उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेका छन्।

आइतबार नेप्से बढेसँगै ५ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। ज्योति लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, कर्पोरेट डेभलपमेन्ट बैंक र इमर्जिङ नेपालको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, सूर्या लाइफ इन्स्योरेन्स र मञ्जुश्री फाइनान्सको सेयरमूल्य पनि ९ प्रतिशतभन्दा धेरैले बढेको छ।

कारोबार रकमका आधारमा ३४ करोड ३६ लाख रुपैयाँबराबरको शेयर कारोबार गरेर शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। त्यस्तै अपी पावरको ३० करोडभन्दा बढीको सेयर कारोबार भएको छ।