१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २५ बुधबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २५ बुधबार २१:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतीय सहयोगमा मधेसमा तीन हजार ग्यास चुल्हो वितरण हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २५ बुधबार २१:o९:oo

भारत सरकारको आर्थिक सहयोगमा मधेस प्रदेशका सर्लाही, रौतहट र सप्तरी जिल्लाका पिछडिएका घरपरिवारलाई एलपी ग्यास चुल्हो, ग्यास सिलिन्डरलगायतका सामग्री उपलब्ध गराउन भारतीय राजदूतावास र नेपाल–भारत महिलामैत्री समाजबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत समझदारीपत्र भएको हो । 

भारतीय राजदूतावासका अनुसार भारत सरकारको २ करोड ४ लाख ९० हजार रुपैयाँ अनुदान सहयोगमा मधेस प्रदेशका तीन जिल्लामा ३ हजारवटा एलपी ग्यास चुल्हो, ग्यास सिलिन्डरलगायतका सामग्री नेपाल–भारत महिलामैत्री समाजमार्फत उपलब्ध हुनेछ ।  

यो योजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको आजादीका अमृत महोत्सवअन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनामध्येको एक रहेको भारतीय राजदूतावासले जनाएको छ । 

दाउरा, कोइला, गुइँठाजस्ता परम्परागत इन्धनमा निर्भर ग्रामीण क्षेत्रका घरपरिवारसम्म एलपी ग्यासजस्ता सफा खाना पकाउने इन्धनको पहुँच विस्तार हुने मैत्री समाजका अध्यक्ष चन्दा चौधरीले बताएकी छिन् । भारत सरकारले ल्याएको प्रधानमन्त्री उज्ज्वल योजनाबाट यो योजना प्रेरित रहेको दूतावासको भनाइ छ । 

भारतीय राजदूतावासका अनुसार सन् २००३ यता भारतले नेपालमा स्वस्थ्य, शिक्षा, खानेपानी तथा सिँचाइ, विद्युतीकरण क्षेत्रमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको छ, जसमध्ये ४६७ वटा सम्पन्न भइसकेका छन् । तीमध्ये सर्लाहीका १९, रौतहटका ५ र सप्तरीका ९ गरी मधेस प्रदेशमा ८१ वटा रहेका छन् । यसका अतिरिक्त भारत सरकारले यी तीन जिल्लामा हालसम्म ८७ वटा एम्बुलेन्स र तीनवटा स्कुल बस उपहारस्वरूप प्रदान गरिसकेको दूतावासले जनाएको छ ।