मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण २५ बुधबार १८:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

युट्युबमार्फत भ्रामक सामग्री सम्प्रेषण गरेको आरोपमा २ जना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण २५ बुधबार १८:१०:००

युट्युब च्यानलमार्फत चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक सामग्री सम्प्रेषण गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा नागार्जुन नगरपालिका–८ भीमढुंगा बस्ने ५३ वर्षीय हरि उदासी भन्ने हरि परियार र तारकेश्वर नगरपालिका–४ शेषमती बस्ने लमजुङ राईनास नगरपालिका स्थायी वतन भएका २७ वर्षीय निशान चिलवाल रहेका छन्।

हरिले ‘नेपाल मिडिया’ र निशानले ‘विशाल नेपाल’ नामक युट्युब च्यानल सञ्चालन गर्थे। उनीहरूले गम्भीर प्रकृतिको अपराध अनुसन्धानको प्रक्रियालाई समेत प्रभावित पार्ने उद्देश्यका साथ पीडितको मानमर्दन र चरित्र हत्या हुने गरी भ्रामक सामग्री सम्प्रेषण गरेको भन्दै प्रहरीको साइबर ब्युरोले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेको आरोपमा पक्राउ गरेको हो। 

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको छ।