१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
श्याम खतिवडा 
२०७५ पौष ६ शुक्रबार १९:३२:००
Read Time : < 1 मिनेट
प्रदेश

धितोपत्र बोर्डद्वारा दोलखाका लगानीकर्तालाई प्रशिक्षण 

Read Time : < 1 मिनेट
श्याम खतिवडा 
२०७५ पौष ६ शुक्रबार १९:३२:००

राष्ट्रिय स्तरको कम्पनीमा लगानी गर्दै आएका दोलखाबासीलाई धितोपत्र बोर्डले प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीमा संख्यात्मक हिसाबले धेरै लगानीकर्ता रहेको दोलखाबासीलाई शेयर कारोबार लगायतका विषयमा जानकारी दिन प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । 

बोर्डको आर्थिक वर्ष २०७५÷०७६ को स्वीकृत कार्यक्रमअनुसार उपत्यका बाहिरका लगानीकर्तालाई जनचेतना अभिवृद्धि गराउन प्रशिक्षण गराएको जनाएको छ । शुक्रबार सदरमुकाम चरिकोटमा आयोजित कार्यक्रममा दोलखाका सरोकारवाला एवं प्रतिनिधिले शेयर कारोबारका विषयमा अन्तरक्रिया गरेका थिए । 

प्रशिक्षणमा धितोपत्र बोर्डका निर्देशक अम्बिका प्रसाद गिरीले दोलखा जलविद्युत आयोजनाको भण्डार रहेको र सबै आयोजनाले स्थानीयबासीलाई न्यूनतम शेयर वितरण गर्ने बताए । उनले भर्खरै बहुचर्चित माथिल्लो तामाकोसी आयोजनाले जिल्लाबासी र सर्वसाधरणका लागि संकलन गरेको शेयर कारोबारको बारेमा आवश्यक प्रक्रिया र पद्धतिका बारेमा जानकारी गराएका थिए । 

कार्यक्रममा इन्टरनेशनल फाइनान्स कर्पोरेशन आइएफसीका प्रतिनिधिले पनि स्थानीयबासीलाई शेयर वितरण गरेका जलविद्युत आयोजना वा कम्पनीप्रति जवाफदेही हुनु पर्नेमा जोड दिएका छन् । 

प्रशिक्षण ढिला भयो 

कार्यक्रममा सहभागी दोलखाबासीले प्रशिक्षण ढिला भएको गुनासो गरेका थिए । उनीहरुले बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले शेयर निष्काशन गर्नु पूर्व आयोजना हुनु पर्ने प्रशिक्षण शेयर वितरण भैसपछि प्रभावकारी नभएको बताएका छन् । 

कार्यक्रममा सहभागी जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले शेयरका नाममा जिल्लाबासीले सास्ती व्यहोर्नु परेको स्मरण गर्दै देशभर राष्ट्रिय महत्वका ठुला आयोजनाका शेयर निष्काशन हुनु अघि यस्ता प्रशिक्षण गर्न बोर्डलाई आग्रह गरे ।