मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २४ मंगलबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २४ मंगलबार १८:१७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचन आयोगलाई ओलीको प्रश्न–रुखैरुख देखोस् भनेर मतपत्रमा हरियो रङ राख्ने हो ? (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २४ मंगलबार १८:१७:oo

एमाले अध्यक्ष केपी ओलीले स्थानीय तह निर्वाचनको मतपत्रमा प्रयोग हुने रङको विरोध जनाएका छन् । मंगलबार अखिल नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कमजोर आँखा हुनेले रुखैरुख देखोस् भनेर हरियो रङको चिह्न राख्न खोजेको भन्दै आपत्ति जनाएका हुन् ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्रमा निर्वाचन चिह्न हरियो रङको हुने निर्णय गरेको थियो ।   

ओलीले निर्वाचन आयोगले मतपत्रका चिह्नहरूमा हरियो चिह्न राख्नुको कारण बताउनुपर्ने बताए । उनले आयोगलाई निर्णय सच्याउन पनि आग्रह गरे । उनले भने, ‘निर्वाचन आयोगले मतपत्रका चिह्नहरूमा हरियो राख्ने भयो रे, हरियो चिह्न किन राख्ने ? के कारणले राख्ने निर्वाचन आयोगले बताउनुपर्यो । हो कि होइन, मैले निर्वाचन आयोगसँग सोध्न भ्याएको छैन । यदि हो भने, कुन हिसाबले राख्ने ? यो धार्मिक हिसाबले राख्ने हो ? के हिसाबले हरियो चिह्न राख्ने ? अथवा कसैको हरियो देखिने चिह्न छ भनेर राख्ने ? केका लागि राख्ने ? सबैतिर जनताले आँखा नदेख्ने कमजोर आँखा हुनेले रुखैरुख देखोस् भनेर हरियो चिह्न राख्ने हो ? हरियो सरियो हुँदैन ।’

ओलीले बढ्ता भाग्यमानीले मात्रै छोरी पाउने पनि बताए । उनले छोरी पाउनेहरूले बुढेसकालमा सहारा दिने उल्लेख गर्दै छोरीलाई स्वतन्त्र चेतनाका साथ बाच्न पाउने, उचित शिक्षादीक्षा दिनेतर्फ अभिभावकले सोच्नुपर्ने बताए । उनले भने, ‘हाम्रै दिदीबहिनीहरूले पनि छोरा हुँदा राम्रो हो, छोरी हुँदा नराम्रो हो भन्ने धारणा छोड्नुपर्छ । छोरा र छोरी उस्तै हुन् । भाग्यमानीले छोरी पाउँछ र बुढेसकालमा स्याहारसुसार पाउँछ । छोरा पाउनेलाई पनि अभागी त भन्नुभएन । तर, बढ्ता भाग्यमानीले छोरी पाउँछ ।’

ओलीले अहिले राज्यका हरेक अंगहरू एमालेविरुद्ध प्रयोग भइरहेको पनि बताए । उनले  सभामुखको अहिलेको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै सभामुखले नियम, कानुनको पालना नगरेको आरोप लगाए ।