१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o८:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

रुस–युक्रेन द्वन्द्व : ५६२  नेपाली सुरक्षित स्थानमा पुगे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:oo:oo

रुस–युक्रेन द्वन्द्वबाट प्रभावित पाँच सय ६२ जना  नेपाली सुरक्षित स्थानमा पुगेका पुगेका छन् ।  गैरआवासीय नेपाली संघ, रुस–युक्रेन द्वन्द्व  प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अनुसार युक्रेनबाट नेपालीहरू सुरक्षित स्थानको खोजी गर्दै पोल्यान्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायत देशमा पुगेका छन् । 

हालसम्म पोल्यान्डमा चार सय ४३ जना, स्लोभाकिया ७८ जना, रोमानियामा २४, हंगेरीमा १३ जना र चारजना माल्दावा पुगेका हुन् । युक्रेन युद्धबाट विस्थापित भई विभिन्न देशका सीमाबाट निस्किएका नेपालीहरू सुरक्षित बसोवास र भविष्यका लागि तेस्रो मुलुकतिर जागेका छन् । तीमध्ये करिब चार दर्जन नेपाली गैरआवासीय नेपाली संघ पाेर्चुगलको सम्पर्क पुगेको संघका महासचिव राजकुमार थापाले जनाकारी दिए । थापाका अनुसार ती नेपालीलाई एनआरएन पाेर्चुगलले आवश्यक कानुनी तथा व्यावहारिक विषयमा सुझाव र सहयोग प्रदान  गर्दै आएको छ । 

यसैबीच युक्रेनको खार्किभ सहरमा अलपत्र परेका कमल पोखरेलसहित ६ जनाको समूह सुरक्षित रूपमा पोल्यान्डको सीमा क्षेत्रमा पुगेको उच्चस्तरीय समितिका सदस्य सचिव डा. चिरञ्जीवी खड्काले जानकारी दिए । यसअघि उद्धार र राहत कार्यमा समन्वय गर्न जर्मनीस्थित नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा र गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा गठित एक उच्चस्तरीय समिति सक्रिय रहेको छ । युद्धबाट विस्थापित नेपालीको उद्धारका लागि राजदूत खड्का, एनआरएनए अध्यक्ष कुमार पन्त सीमा क्षेत्रमा आफैँ खटिएका थिए । 

युक्रेनबाट विस्थापितहरूलाई नेपाली समुदायकै सहयोगमा विभिन्न स्थानमा खाना, बस्न र सामान्य उपचारको बन्दोबस्तसमेत गरिएको बर्लिनस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले युक्रेनबाट निस्केका नेपाली नागरिकलाई भारत सरकारबाट सञ्चालित उडानमार्फत नेपाल पठाउन आवश्यक पहलसमेत भइरहेको जनाएको छ । उद्धार समितिले  युक्रेनबाट विस्थापित भएका नेपालीको नियमित रूपमा तथ्यांक संकलन गर्दै आएको छ ।
 
 

ad
ad