मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २२ आइतबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २२ आइतबार १७:o२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचक ३.६६ अंकले गिरावट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २२ आइतबार १७:o२:oo

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ। नेप्से परिसूचक छैटौँ दिनसम्म पनि निरन्तर रूपमा गिरावट आएको हो। आइतबार नेप्से ३.६६ अंक घटेर दुई हजार ५४३.३९ बिन्दुमा झरेको छ। नेप्से घटे पनि सेन्सेटिभ इन्डेक्स भने १.३१ अंकले बढेको छ।

आज कारोबारमा आएका २३० कम्पनीको ५१ लाख ३९ हजार कित्ता सेयर दुई अर्ब ४९ करोड ३२ लाख ४१ हजार रुपैयाँबराबरमा कारोबार भएको छ। नेप्सेसँगै पछिल्लो समय कारोबार रकममा समेत गिरावट आइरहेको छ।

नेप्सेका १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचकमा गिरावट आएको छ। विकास बैंक उपसमूह सबैभन्दा बढी १.२४ प्रतिशत बढेको छ। अन्य उपसमूहको परिसूचक ०.८५ प्रतिशत, बैंकिङ ०.२ प्रतिशत र होटेल उपसमूहको ०.०५ प्रतिशत बढेको छ। तर, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने सबैभन्दा बढी १.२४ प्रतिशतले गिरावट आएको छ।

आज मैलुङ खोला जलविद्युत् कम्पनीको सेयरमूल्य सबैभन्दा बढी  ७.८० प्रतिशत बढेको छ। त्यस्तै, सामलिङ पावर कम्पनी र  नेपाल ल्युब आयलको सेयरमूल्य ४ प्रतिशतले बढेको छ भने शिवम् सिमेन्टको शेयरमूल्य सबैभन्दा बढी ७.११ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आइतबार १५ करोड २२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार गरेर शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ। नेपाल लाइफको १४ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।