१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १४:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

बाजुरामा ब्याडमिन्टन प्रतियोगिता : पुरुषतर्फ जैसी र दानी तथा महिलातर्फ ठगुन्ना र खत्री विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:५५:oo

बाजुराको सदरमुकाम मार्तडीमा आयोजित ब्याडमिन्टन प्रतियोगितामा महिलातर्फ सरिता ठगुन्ना र रमा रावल खत्रीको टिम विजयी भएको छ। महिलातर्फका ११ वटा टिममध्ये लिसा शर्माको समूहलाई पराजित गर्दै ठगुन्ना र खत्रीको टिम प्रथम भएको हो।

यसैगरी, पुरुषतर्फ १६ टिममध्ये जनकराज जैसी र डमर दानीको समूह विजयी भएको छ। प्रकाश रावल र काशी जोशीको टिमलाई पराजित गर्दै जैसी र दानीको टिम विजयी भएको हो।

जिल्ला स्वास्थ्य कार्यालय बाजुराले आइतबार परेको स्वास्थ्य सेवा दिवसको अवसरमा बुधबार ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको थियो। ‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’ अभियानसहित ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ खुला डबल्स ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको हो।

ad
ad