१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o६:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

काठमाडौंमा हुने अन्तर्राष्ट्रिय कला  प्रदर्शनीमा बर्जर पेन्ट्सको सहकार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:१७:oo

बर्जर पेन्ट्सले काठमाडौं ट्रिनालेले आयोजना गर्ने अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा सहकार्य गर्ने भएको छ । यो त्रैवार्षिक रूपमा हुने प्रदर्शनीको चौथौँ संस्करण हो । काठमाडौं ट्रिनाले र बर्जर पेन्ट्स नेपालबीच भएको साझेदारीले नेपालको कला र संस्कृतिलाई प्रवर्द्धन गर्ने कम्पनीले जनाएको छ ।

१७ फागुनदेखि १७ चैतसम्म हुने कला प्रदर्शनीमा ४० राष्ट्रका एक सयजना कलाकारले आफ्ना तीन सय कलाकृति प्रदर्शन गर्नुका साथै विभिन्न विधामा आधारित रहेर काठमाडौंका सांस्कृतिक तथा ऐतिहासिक महत्वका पाँच ठाउँमा आफ्ना कला प्रस्तुत गर्ने जनाइएको छ । कुनै पनि कला–संस्कृतिमा पेन्टको भूमिका महत्वपूर्ण हुने भएकाले बर्जर पेन्ट्सले नेपालको कला र संस्कृतिको प्रवर्द्धनमा पहिलेदेखि नै सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको कम्पनीको भनाइ छ ।

विश्वव्यापी समकालीन कला प्रदर्शनीका लागि काठमाडौं ट्रिनाले नेपालकै प्रमुख अन्तर्राष्ट्रिय मञ्च रहेको जनाइएको छ । काठमाडौंको कला र संस्कृतिलाई विश्वसामु चिनाउन सिद्धार्थ आर्ट फाउन्डेसनको पहलमा प्रदर्शनीको पछिल्लो संस्करण हुन लागेको ट्रिनालेले जनाएको छ । 
 

ad
ad