मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १८ बुधबार
  • Saturday, 11 January, 2025
२o७८ फाल्गुण १८ बुधबार १८:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दाङको एउटा विद्यालय : जहाँ नजिकै खोला बग्छ, विद्यालय काकाकुल छ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण १८ बुधबार १८:२८:oo

पाँच मिनेटको दुरीमा पानी बगिरहेको हुन्छ, तर नजिकै रहेको विद्यालय काकाकुल छ। शौचालय जानेसमेत पानी पाइँदैन। विद्यालयसम्म खानेपानीसमेत पुगेको छैन। यस्तै दुर्दशा भोग्दै  ५१औँ वर्ष पार गरेको एउटा विद्यालय हो– दाङ  शान्तिनगर  गाउँपालिका वडा नं. ३  केराघारीस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय। 

जुन विद्यालय २०१७ सालमा स्थापाना भएको हो। उक्त विद्यालयमा तत्कालीन माओवादी वरिष्ठ नेता मोहन बैद्यले समेत पढाएका थिए। तर, त्यहाँ अहिलेसम्म खानेपानी पुग्न सकेको छैन। 

विद्यालय  परिसरमा एउटा एनजिओले धारा जडान गरेको छ तर त्यसमा पानी आउँदैन। धारामा कमिला हिँडिरहेका  हुन्छन्। शौचालयमा पानी हुँदैन। शौच गर्न खोलाबाट पानी बोक्नुपर्छ। खोलाबाट पानी ल्याउनकै लागि विद्यालयले केही गाग्रीहरूसमेत किनेको छ। त्यही खोलाबाट विद्यार्थीहरूले पानी बोकेर प्रयोग गर्ने गर्छन्। 

गाउँका मानिसले पनि खोलामा बगिरहेको त्यही पानी नै प्रयोग गर्ने गरेका छन्। धेरैमाथिको मुहानबाट बगेर आएको पानी नै विद्यार्थीहरूले पिउनुपर्ने बाध्यता छ। ‘हामीले विभिन्न ठाउँमा पानीको उचित व्यवस्थापनका लागि भनेर पहल गर्‍यौँ,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर विकले भने,  ‘तर अहिलेसम्म कुनै पनि निकायबाट सहयोग भएको छैन।‘

विद्यार्थीहरूले खोलाको  दूषित पानी  पिउन बाध्य रहेको भन्दै यसमा सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने विद्यालयका प्रधानाध्यापक मीनबहादुर केसीले बताए। 

विद्यालयमा खानेपानीको समस्या देखिएपछि राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा ‘अपार’ले अवलोकनसमेत गरेका छन्। त्यहाँ अहिले प्रदेशको प्रतिस्थापन बजेटबाट ८ लाख रुपैयाँ पार्न सफल भएको र त्यसबाट भवन निर्माणको कार्य सुरु भएको भन्दै अब खानेपानीको समस्या पनि समाधान गर्न आफूले पहल थाल्ने प्रतिबद्धता उनले जनाए।