१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १५:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमसिसी पास भए नेपालले अमेरिकी स्वार्थअनुरूप काम गर्नुपर्ने अवस्था आउँछ : भीम रावल (भिडियो)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:२९:oo

नेकपा एमालेका संसद् डा. भीम रावलले एमसिसी सम्झौता राष्ट्रघाती रहेका भन्दै अस्वीकार गर्न प्रतिनिधिसभालाई आग्रह गरेका छन्। आइतबारको संसद् बैठकमा उनले यस्तो बताएका हुन्।

राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित विषयलाई होहल्ला र गोन्जागोलपूर्ण वातावरणमा छलफलका लागि संसदमा पेस गरिएकोमा आपत्ति जनाउँदै रावलले एमसिसी सम्झाैतासँग सम्बन्धित अन्य सम्झौता पनि संसदमा पेस गरिनुपर्ने बताए।

सम्झौताको एक प्रावधानमा आयोजनाको अवधि पाँच वर्ष भनिए पनि त्यसका अन्य प्रावधानले अनिश्चितकालसम्म रहने सांसद रावलको दाबी छ। ‘नेपालले अमेरिकाको वर्तमान र भविष्यमा बन्ने कानुनसमेत मान्नुपर्नेछ र अमेरिकाको राष्ट्रिय सुरक्षा स्वार्थअनुरूप नेपाल सरकारले काम गर्नुपर्ने अवस्था भई नेपालको संविधानमा उल्लेखित स्वतन्त्र परराष्ट्र नीति र असंलग्नतामा आघात पुग्नेछ,’ रावलले भने।

 

ad
ad