१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १३:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रेडपान्डाकाे छालासहित तीनजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:१२:oo

दाङमा रेडपाण्डा (हाब्रे)को पाँच थान छालासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङले शनिबार पत्रकार सम्मेलन गरी उनीहरूलाई लोपाेन्मुख रेडपान्डाकाे छालासहित सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा रोल्पा सुनीलस्मृती गाउँपालिका–७ का ३२ वर्षीय रामबहादुर थापा, सोही पालिकाको वडा नं. ३ निवासी २० वर्षीय  रूपक खड्का र सुनछहारी गाउँपालिका–७ निवासी १९ वर्षीय रामकुमार पुनमगर रहेका छन्। हिमाली जिल्लाबाट ल्याएर रोल्पा हुँदै बुटवल, काठमाडौं लैजाँदै गरेको अवस्थामा उनीहरू शुक्रबार बिहान राप्ती गाउँपालिका वडा नं. १ भालुबाङ–प्युठान सडकखण्डबाट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय  दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय भालुबाङको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई आइतबार वन डिभिजन कार्यालय घोराहीमा बुझाइने प्रहरीले जनाएको छ।

ad
ad